
ललितपुर महागरपालिका-१६,बुबहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संंस्था लि.मा शेयर पूँजी रु.७८,३२,७००, बचत संकलन रु.१०,०८,२४,३९९.६५ , ऋण लगानी रु.९,१३,७५,३३६.७० र कुल कारबार रु.११,५८,४८,८५० रहेको बताइएको छ । सो संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट ७.४० प्रतिशत लाभांश र कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम नियमानुसार वितरण गरिसकेको अलगपथलाई बताउनुभयो ।

सोही संस्थाका अध्यक्ष राजमान बज्राचार्यको अध्यक्षता तथा सांसद प्रेमबहादुर महर्जनको प्रमुख आतिथ्यता एवं ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यको विशेष आतिथ्यता र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.का वरिष्ठ उपाध्यक्ष तथा अन्तर सहकारी सुुरक्षण कोष र रत्नाकर बचत तथा ऋण सहकारी संंस्था लि.हकबहाल, ललितपुरका अध्यक्ष करुणारत्न बज्राचार्यको आतिथ्यतामा गत कार्तिक १७ गते सम्पन्न सो संंस्थाको १६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० मा संंस्थाले आर्जन गरेको मुनाफाबाट ७.४० प्रतिशत लाभांंश तथा संरक्षित पूँजी फिर्ताकोषको रकम आफ्ना शेयर सदस्यहरुलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै सांसद महर्जनले सहकारीको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले यशोधर साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका रचनात्मक क्रियाकलाप र प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो । साधारण सभामा विशेष अतिथि ललितपुर महानगरपालिकाकी उप-प्रमुख शाक्यले सहकारीले रोजगारी सृजना हुने गरी उत्पादनमुलक कार्य गर्नु पर्नेमा जोड दिदै ललितपुर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र मर्यादित बनाउने गरी कार्य गरिरहेको बताउनुभएको थियो । साधारण सभामा अतिथि करुणारत्न बज्राचार्यले सो संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो ।
साधारण सभामा संस्थाको सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संंस्थाका अध्यक्ष बज्राचार्यले समुदायमा पूूर्ण रुपले केन्द्रित रहेर यहाँको सामाजिक, आर्थिक , सांस्कृतिक एवं हरेक गतिबिधिहरुमा प्रत्यक्ष र सक्रिय रुपमा सेवा गर्न तत्पर रहेको हाम्रो यस यशोधर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा दिने मात्रै नभई अरेक सुख, दु:खमा समेत साथ र सहभागी रहदै आएको बताउनुभएको थियो । साभारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र बज्राचार्यले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अमिता बज्राचार्यले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्थुत गर्नुभएको थियो । शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो ।
साधारण सभामा त्यसै संंस्थाका २ जना उत्कृष्ट बचतकर्ता सदस्य, २ जना उत्कृष्ट ऋण कारोबार गरेका सदस्य , १३ जना उत्कृष्ट शेयर सदस्य तथाु कक्षा १२ उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएका ५ जना शेयर सदस्यहरुका छोराछोरीलाई पुरस्कार प्रदान गरि सम्मनन गरिएको थियो ।
साधारण सभाको झलक








