यशोधर साक‍ोसको २३औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर महनगरपालिका-१६, बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को २३औं स्थापना दिवस तथा रेडक्रस दिवसको अवसरमा यही बैशाख २५ गते सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो । बुबाहालस्थित यशोधर महाविहार परिसरमा नेपाल रेडक्रस स‍ोसाइटी , ललितपुर रक्त सञ्चार केन्द्र ,वडा नं.१६ को प्राविधिक सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा २३ जना रक्तदाताले रक्तदान गरेका थिए । त्यस अवसरमा नेपाल रेडक्रस स‍ोोसाइटी , ललितपुर रक्त सञ्चार केन्द्रले उक्त रक्तदान कार्यक्रम आय‍ोजक यशोधर बचत तथा ऋण सहकारी संस्था लि.लाई

प्रमाण-पत्र प्रदान गरेको थियो । रगत अभावले विरामीहरुको उपचारमा समस्या नह‍ोस् भन्ने उद्देश्यले हाम्रो यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आय‍ोजना गरेको सोही संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले बताउनुभयो । सोही दिन साझ यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालयमा दीपावली गरिएको थियो ।

सो संस्थाको २३औं स्थापना दिवसको अवसरमा उक्त संस्थाका अध्यक्ष राजमान बज्राचार्यले शुभकामना व्यक्त गर्दै स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्थाका शेयर सदस्य ज्यूहरु , कर्मचारीहरु लगायतको साथ र सहयोगले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै सबैमा आभार व्यक्त गर्नुभयो ।

यस्तैगरि सोही संस्थाको आय‍ोजनामा गत चैत्र १४ गते बुबाहालस्थित डिकीमा १ दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । वी.पी. नेत्र प्रतिष्ठान, बाल, आँखा, नाक , कान, घाँटी अस्पताल एवं पुनर्स्थापना सेवा, मनोहरा, भक्तपुरको प्राविधिक सहयोग तथा यशोधर महाविहारको सहयोगमा सम्पन्न स‍ो शिविरमा सम्बन्धित विशेषज्ञहरुद्वारा ९८ जनाको दाँत, आँखा, कान, नाक र घाटीको परीक्षण गरिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सो शिविर सञ्चालन गरेको यशोधर बचत तथा तथा ऋण सहकारी संस्था लि.र यशोधर महाविहारको संयुक्त आयोजनामा बुबाहालमा यही आउदो बैशाख ३० गते शनिबारदेखि साप्ताहिक रुपमा टोलबासीको रक्तचाप र मधुमेयको परीक्षण गर्ने बताइएको छ ।

यो संस्थामा तरलताको अवस्था राम्रो रहेको बताउदै त्यसै संस्थाका सचिव बज्राचार्यले ‘गत चैत्र मसान्तसम्म हाम्रो य‍स संस्थामा बचत संकलन रु.९,८५,३३,३७४, कर्जा लगानी रु.८,३६,८३,७२६ , शेयर पूँजी रु.६७,३३,५०० र कूल कारोबार रु.११,२७,५८,०५३ रहेको छ’, भन्नुभयो ।

Leave a Reply