यस वर्षको एसईई शुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) आजबाट शुरु भएको छ । विहान ८ बजेबाट ११बजेसम्म सञ्चालन हुने य‍ो परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । यही चैत्र २७ गतेसम्म हुने यो परीक्षामा २,०६४ परीक्षा केन्द्रबाट देशभरका कुल ५,०४,४१४ जना परीक्षार्थी सहभागी भएका र जसमा १०,८०६ वटा सामुदायिक र संस्थागत विद्यालयका २,५३,६२७ जना छात्र , २,५०,७७२ जना छात्रा र १५ जना यौनिक तथा लैैङ्गिक अल्पसंख्यक रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो परीक्षामा उत्तीर्ण हुन १०० पुर्णाङ्कमा ३५ नं. ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको एसईईमा नेपाली पाठ्यक्रम अनुसार माध्यमिक तहसम्म पढाइ भइरहेको जापानको राजधानी टोकियोमा रहेको एभरेष्ट इण्टरनेशनल स्कुलका १५ छात्रा र ८ छात्र पनि सहभागी भएको बताइएको छ ।

Leave a Reply