यही अस‍ोज १७ देखि २१ गतेसम्म हुन लागेको ग‍ोदाबारी दशैं मेला स्थगित

यही असोज १७ देखि २१ गतेसम्म गोदाबारी उद्योग बाणिज्य संघको आयोजनामा ललितपुरको प्याङ्गाउँ खल: फुटबल ग्राउण्ड , चापागाउँमा हुने तय भएको ग‍‍ोदाबारी दशैं मेला गत असोज ११ र १२ गतेको बाढी पहिरोबाट सिर्जित अकल्पनीय प्राकृतिक प्रकोपले धनजनको क्षति पुग्न गई जनजीवन तहसनहस भएकोले स्थगित गरिएको छ । आज सो संघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कुुरा उल्लेख छ ।

बाढी पहिरो पीडितलाई काभ्रे उद्योग वाणिज्य संघले सहयोग गर्ने

गत असोज ११ र १२ गतेको अविरल वर्षातबाट गएको बाढी पहिरोबाट पीडितलाई काभ्रे उद्योग बाणिज्य संघले सहयोग गर्ने भएको छ । स‍ो संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी उक्त कुरा बताएक‍ो छ।

सिटिजन लाइफ इन्स्योरेन्सले बीमा भुक्ताानी विशेष कक्षबाट भुक्तानी गर्ने

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना विभिन्न शाखामार्फत अहिलेको कठिन परिस्थितिमा बीमा भुक्तानी लगायतका सेवा विशेष कक्षबाट प्रवाह गर्ने भएको छ ।

स्थानीय तहहरुबाट हुने लेखापरीक्षक सूचिकरण सम्बन्धमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले दियो आफ्ना सदस्यहरुलाई निर्देशन

स्थानीय तहहरुबाट हुने लेखापरीक्षक सूचिकरण सम्बन्धमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले आफ्ना सदस्यहरुलाई नया निर्देशन जारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *