यही पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डपमा चौथो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी हुने

यही पुष ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि.को आय‍ोजनामा चौथो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी (4th Nepal 5P International Expo) हुने भएको छ । उक्त प्रदर्शनी (Expo ) मा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सृजल भट्टराई(Srijal Bhattarai)द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल फाईभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिण्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउँमा ल्याएर ब्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, विभिन्न संघ/ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने बिश्वास लिइएको छ’ आय‍ोजकको भनाइ छ । यो प्रदर्शनी मार्फत ती पाँच विधामा सञ्चालन भएका उधोग र व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु र नवीनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरु बीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

यस प्रदर्शनी (Expo) मा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिण्टिङ , ईण्डक्सन मोल्डिङ् मेसिन, प्रिण्टिङ् मेसिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने आयोजकले बताएका छन् ।

“सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु-यउनका साथै संसार भरीका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, आयोजकले दावी गरेका छन् ।

Leave a Reply