युवाहरुद्वारा ग्वार्कोमा मन्त्री ज्वाला सवार गाडी आगजनी, स्थिति सामान्य बनाउने प्रयासमा पहरी

दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक युवाहरुले इ.पी.एस. कोरिया शाखाले आफ्नो माग सुनुवाई नगरेको भन्दै ललितपुरको बालकुमारी-ग्वार्कोमा विरोध प्रदर्शन गरेका छन् । युवाहरुको विरोध प्रदर्शन हुँदै गर्दा त्यहीं पुुगेका भौतिक पूूर्वा्वार तथा यातायात मन्त्री प्रकाश ज्वाला बुढाथोकी सवार गाडीमा आन्दोलनकारीले आगजनी गरे । आन्दोलनकारीले सो गाडी रोकेर शुरुमा हावा फुस्काएर मन्त्री ज्वाला र उहाँका दुुई पी.एस.ओ.लाई गाडीबाट ओरालेर सो गाडी आगजनी गरेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यसबेला त्यो क्षेत्रमा प्रहरी नभएको तर अहिले भने त्यहाँ सुरक्षाकर्मी पुुगेर स्थिति साामान्य बनाउन खोजिरहेको छ । यसक्रममा सुरक्षाकर्मीले आन्द‍ोलनकारीलाई तितरवितर पार्न पानीका फोहोराले हान्ने जस्ता कार्य गरिरहेको छ ।

दक्षीण कोरियामा पानी जहाज कम्पनीमा रोजगारीका लागि परीक्षा दिएका तर अनुतीर्ण भएका युवाहरुले खेती लगायतका क्षेत्रको रोजगारीका लागि पनि परीक्षा दिन पाउनु पर्ने माग गरेका छन् । आफ्नो माग इ.पी.स. कोरिया शाखाले नसुनेकोले आफूहरुले आन्दोलन गर्नु परेको आन्दोलनकारीको भनाइ छ । सो विषयलाई लिएर केही युवा अदालत पनि गए र अदालतले उनीहरुको माग सम्बोघन गर्न आदेश गरेको थियो र इ.पी.एस. शाखाले अदालत गएका युवहरुलाई मात्र परीक्षा दिन भनेपछि बाँकी युवाहरुले विरोध गरेका बताइएको छ ।

Leave a Reply