एमालेसँगको चुनावी सहकार्य सकियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी , नेपालका अध्यक्ष तथा भूतपूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवले नेकपा (एमाले)सँग चुनावी सहकार्य सकिएको बताउदै अब बन्ने सरकारका एजेण्डाको आधारमा आफ्नो पार्टीको समर्थन या विरोध रहने बताउनुभएको छ । आइतबार विराटनगरमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष यादवले मुलुकको संघीय संरचना बलियो बनाउनु पर्ने खाँचो औंल्याउदै संविधान संशोधन नभए अहिलेको प्रणाली समस्या पर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको जसपा, नेपालले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ७ सिट जितेको छ अहिलेसम्म घोषित समानुपातिक तर्फको मतपरिणाम अनुसार उक् पार्टी छैटौं स्थानमा छ । यो चुनवमा सप्तरी क्षेत्र नं.२ बाट सो पार्टीका अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग निकै फराकिलो मतान्तरले पराजित हुनुभयो तर सोही पार्टीका संघीय परिषद अध्यक्ष अशोक राई भने सुनसरी क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

Leave a Reply