झण्डै ३ महिना पछि आज मन्त्रीपरिषद पूर्णता पाउदै

काठमाडौं/ ५ दलीय गठबन्धनको नेतृत्व गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले झण्डै ३ महिनापछि आज पूर्णता पाउने भएको छ । दलहरु आन्तरिक छलफलमा व्यस्त रहेकोले उनीहरुले मन्त्रीको नाम दिनासाथ आजै मन्त्री परिषद बिस्तार गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

यस बेलासम्म प्रधानमन्त्री देउवाको मन्त्रीपरिषदमा अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, गृह मन्त्री बालकृष्ण खाँण, कानुन ,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल ,परराष्ट्र मन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ कार्यरत हुनुहुन्छ । ५ दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै रहेर सरकारलाई समर्थन गरिरहेकोले सरकारमा नेपाली काँग्रेस, नेकपा(माके), जनता समाजवादी पार्टी र नेकपा(एस)का प्रतिनिधिहरु सरकारमा सहभागी हुने जनाइएको छ ।

Leave a Reply