थप ३ महिला उम्मेद्वार विजयी, प्रतिनिधि सभा सदस्यमा विजयी महिलाको संख्या ७ पुग्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । यस बेलासम्म घोषित मत परिणाम अनुसार थप ३ जना महिला उम्मेद्वार विजयी हुनुभयो । जसमा जसमा नेकपा (एमाले)की जुलीकुमारी महतो धनुषा क्षेत्र नं.३ र ज्वालाकुमारी शाह बारा क्षेत्र नं.३ बाट र नाउपाकी रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँहरु सहित प्रतिनिधि सभामा निर्वाचित हुने महिला सांसद संख्या ७ पुगेको छ । उहाँहरु ३ जनासँगै नेकपा (एमाले)की विद्या भट्टराई कास्की क्षेत्र नं.२ , नेकपा (माके)की रेखा शर्मा दाङ क्षेत्र नं.२ तथा रास्वपाका डा.तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ र सोविता गौतम काठमाडौं क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

यसैगरी जारी मतगणनामा नेकपा (एमाले)की भगवती चौधरीले सुनसरी क्षेत्र नं.३ र रास्वपाकी गोमा तामाङले सुनसरी क्षेत्र नं. अग्रता कायम गर्नु भएको छ भने नेपाली कांग्रेसकी सुजता कोइरालाले मोरङ क्षेत्र नं.२ मा नेकपा (एमाले)का ऋषिकेश पोखरेल , सीता गुरुङले नेकपा (एमाले) कै विजय सुब्बालाई तेह्रथुममा र चित्रलेखा यादवले जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवलाई पछ्याई रहनुभएको छ ।

Leave a Reply