दोलखाबाट नेकपा (माके)का कार्की विजयी , प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम सार्वजनिक

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेकपा (माके)का गंगा कार्की विजयी हुनुभएको छ । विजयी कार्कीले ३६,७९९ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ३६,४८२ मत पाउनुभएको निर्वाचन आयोगले जनाएको छ । कार्कीको जीतसँगै नेकपा (माके)का प्रत्यक्षतर्फ विजयी हुने उम्मेद्वारको संख्या १८ पुगेको छ । दोलखाको मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मतपरिणाम घोषणा भएको छ ।

दोलखा (क) क्षेत्रबाट सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली कांग्रेसका कुन्दनराज काफ्ले २२,७९७ मत प्राप्त गरी बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँलाई पछ्याइरहेका नेकपा (एमाले)का नरबहादुर श्रेष्ठले १४,७५५ मत पाउनुभएको थियो । त्यस्तैगरी दोलखा (ख) क्षेत्रबाट नेकपा (एमाले)का भरतबहादुर के.सी.१९,४१४ मत प्राप्त गरी बागमती प्रदेश सभा सदस्यमि विजयी हुनुभयो । उहाँलाई पछ्याएका सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली कांग्रेसका वर्मा लमाले १७,५९५ मत पाउनुभयो ।

Leave a Reply