निर्वाचन आयोगले रोक्न खोज्यो तर मतदाताले बनाए डा. तोसिमा कार्कीलाई प्रतिनिधि सभा सदस्य

निर्वाचन आयोगले रोक्न खोजेपनि अन्तत: ललितपुर क्षेत्र ३ का मतदाताले अपार माया गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. तोसिमा कार्कीलाई प्रतिनिधि सभा सदस्य बनाएका छन् । पाटन अस्पतालको जनरल सर्जनको जागिर छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य बनेकी डा. तोसिमा कार्की प्रतिद्वन्दीलाई भारी मतान्तरले पछि पार्दै विजय हुनुभएको छ । सोही क्षेत्रबाट २०६४ सालमा सम्पन्न सविधान सभा र २०७४ सालमा प्रतिनिधि सभा सदस्य बनेकी नेकपा (माके)की उम्मेद्वार तथा उर्जा , जलश्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाल यो निर्वाचनमा भने ८,७६९ मत सहित तेश्रो स्थानमा चित्त बुझाउन बाध्य हुनुभयो । विजयी डा.कार्कीले ३१,१३६ मत पाउदा उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेद्वार अमृत खड्काले १२,९६३ मत पाउनुभयो ।

Leave a Reply