नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल पुन: निर्वाचित

अन्तत: नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा २ मतको अन्तरले राधाकृष्ण कँडेल प्रतिस्पर्धी हरि रिजाललाई पराजित गरी पुन: निर्वाचित हुनभएको छ । अध्यक्ष पदका उम्मेद्वार कँडेलले ४७९ र रिजालले ४७७ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । सो कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उप-सचिवमा पूर्ण बुढा मगर , उप-सचिव (महिला) मा लीला राना मगर र लेखा समितिको अध्यक्षमा दामोदर घिमिरे चयन हुनुभय‍ो । उक्त कमिटीको सचिव र १२ मध्ये ४ जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्य निर्विरोध चयन भएको बताइएको छ ।

सो पार्टीको प्रदेश कमिटी र लेखा समितिका पदाधिकारी तथा सदस्यमा सर्वसम्मत चयन गर्न प्रयत्न गरिएको भएपनि त्यो प्रयत्न सफल हुन नसकेपछि चुनाव भएको थियो । सोही कमिटीका अध्यक्ष कँडेल र रिजाल छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । यसमा रिजाल प्यानलबाट सह-सचिव पूर्ण बुढा मगर मात्र निर्वाचित भएको जनाइएक‍ छ ।

१,००५ जना मतदातामध्ये ९६५ जना मतदाताले मात्रै त्यस चुनावमा मतदान गरेको निर्वाचन समितिको भनाइ को छ ।

Leave a Reply