नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा ऋषि कट्टेल पुन: चयन

जनकपुरधाम/ नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन पुन: ऋषि कट्टेलको अध्यक्षतामा केन्द्रीय समिति चयन गर्दै सोमबार सम्पन्न भयो । सो केन्द्रीय समितिको उपाध्यक्षमा लोकनारायण सुवेदी तथा केन्द्रीय समितिको सदस्यमा आर.बी.भण्डारी, हरिदेव ज्ञवाली , भीम सेढाई, शरण विक्रम मल्ल, सीता सुवेदी ,रत्नप्रसाद जोशी,राजेश बान्तवा, कृष्णहरि भट्ट, रामदुलार महतो , मंगलकृष्ण अमात्य, नरेशलाल अमात्य, कमला सेढाई, अर्जुन कार्की , भूमि ढुंगाना, राजकुमार खत्री, राजकुमार थापा , महेन्द्र जोशी, शशिकला घिमिरे, नरेन्द्र तण्डुकार , सतिलाल चौधरी , रविन्द्र कोइराला , तिलकबहादुर कटुवाल , प्रविण मिश्र , गणेश खड्का , रामकुमार चौधरी, शारदा श्रेष्ठ, शोभा सञ्जेल , गंगा कार्की , रचना शर्मा , पवन खवास, दमन कटुवाल , बिपत्ती मण्डल , सत्यनारायण मुखिया , बद्री अधिकारी , विक्रान्त सुवेदी , प्रविण जोशी , देवीप्रसाद आचार्य , गोविन्द गुरुङ, धर्मेन्द्र चौधरी , यज्ञ दंगाल , केशव थापा , भरत मल्ल, दिलसाँद अहमद खाँ, विष्णु चौधरी , बद्री बिलास यादव, नरबहादुर श्रीस, सुमित्रा सिंह ठकुरी, तेजबहादुर मल्ल लगायत रहनु भएको छ ।

गत भदौ ३० गतेदेखि शुरु भएको उक्त सम्मेलनले पिपुल्स फोर्सलाई पार्टीको सहायक संगठनको रुपमा अगाडि बढाउने निर्णय गरेको बताइएको छ । यही पुस १७ गते सम्मेलनको अवसरमा सो पार्टीले जनकपुरधाममा -याली गरी खुल्ला सभा आयोजना गरेको थियो । सभामा सोही पार्टीका अध्यक्ष ऋषि कट्टेल, उपाध्यक्ष लोकनारायण सुवेदी सचिवालय सदस्यहरु भीम सेढाईँ,राजेश बान्तवा र सीता सुवेदी तथा केन्द्रीय सदस्यहरु राजकुमार खत्री, बिपत्ती मण्डल र सत्यनारायण मुखिया र अनेवियूका अध्यक्ष मनिष भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ‌।

Leave a Reply