ने.वि. संघमा किचलो

नेपाल विद्यार्थी संघ भित्र किचलो देखिएको छ । सो संघले क्रियाशील सदस्यता वितरण शुरु गरेसँगै विवाद सतहमा आएको कतिपय जानकारहरुको भनाई छ । उक्त संघकी केन्द्रीय सदस्य प्रेमिका रानमगरले अध्यक्ष दुजाङ शेर्पा आर्थिक अनियमितता लगायतमा सम्लग्न रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेपछि विवाद थप बढेको देखिएको छ ।

यता आफू माथि गलत आरोप लगाएको भन्दै यसको छानविन गरि कारबाही गर्न माग गर्दै अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसको अनुशासन समितिलाई अनुरोध गरेको बताइएको छ ।

नेपाली कांग्रेसको महाधिवेसनको मिति नजिकिदै जादा नेता शेखर कोइराला पक्षले छुट्टै गतिविधि सञ्चालन शुरु गरेपछि त्यसको प्रभाव नेपाल विद्यार्थी संघ लगायतमा देखिएको कतिपय जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *