बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउने प्रयासमा दलहरु

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फका आफ्ना आधिकार उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउन राजनीतिक दलहरुले कसरत गरिरहेको देखिएको छ । देउवा नेतृत्वको ५ दलीय सत्ता गठबन्धन र ओली नेतृत्वको प्रतिपक्षी गठबन्धनमा आबद्ध दलहरुका असन्तुष्ट नेता कार्यकर्ताले पार्टीबाट बिद्रोह गरी प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ विभिन्न निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गराएका छन्, जसले दुबै गठबन्धनमा हलचल पैदा भएको छ । यही विषय र जसपाका मन्त्रीलाई के गर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्तै गरेको बताइएको छ तर सत्ता गठबन्धनमा आबद्ध दलहरुसँग असन्तुष्ट भई नेकपा (एमाले)सँग तालमेल / गठबन्धन गरेको जसपाले भने आफ्ना मन्त्री फिर्ता बोलाउने पक्षमा नरहेको जनाएको छ ।

बागी उम्मेद्वारको नाम अभिलेखबाट हटाउदै एमाले

नेकपा (एमाले)ले आफ्ना आधिकारिक उम्मेद्वार विरुद्ध विद्रोह गरी बागी उम्मेद्वार बनेका पार्टीका नेता कार्यकर्ताहरुको नाम पार्टीको अभिलेखबाट हटाउने सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बताउनुभएको छ । भोलि दिउसो १:०० बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय भएकोले त्यसबेलासम्म आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउन पहल गरिरहेको जानकारी प्राप्त भएको छ ।

कमल थापालाई सूर्य चिन्ह दिएकोमा डा. भीम रावलको आपत्ती

नेकपा (एमाले)का पूर्व उपाध्यक्ष डा.भीम रावलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई मकवानपुरको क्षेत्र नं.१ बाट नेकपा (एमाले) बाट सूर्य चिन्हमा चुनाव लड्न दिएकोमा आपत्ती व्यक्त गर्नु भएको छ ‌‌। राप्रपा, नेपालका अध्यक्ष थापालाई सो क्षेत्रबाट आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार बन्न दिएकोमा मकवानपुरका विभिन्न नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।

राप्रपा, नेपालका अध्यक्ष अध्यक्ष थापा मकवानपुरको क्षेत्र नं.१ बाट नेकपा (एमाले)को सूर्य चिन्हबाट उम्मेद्वार बनेपनि त्यस पार्टीका अन्य नेता कार्यकर्ताहरु भने आफ्नै पार्टीको तीर चिन्हबाट उम्मेद्वार बनेका छन् ।

Leave a Reply