यही मंसिर २८ गतेसम्ममा निर्वाचन परिणाम सहितको विवरण राष्ट्रपतिलाई बुझाउने : निर्वाचन आयोग

निर्वाचन आयोग, नेपालले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणाम सहितको सबै विवरण यही मंसिर २८ गतेसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम सार्वजनिक गरेको निर्वाचन आयोग , नेपालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको मत गणना पनि ४ भित्र सम्पन्न गरी सक्ने गरी कार्य भइरहेको सो आयोगका अधिकारीहरुको भनाई छ ।

निर्वाचन आयोग, नेपालले निर्वाचन परिणाम सहितको विवरण राष्ट्रपति कार्यालयमा बुझाएपछि संघीय संसद तथा प्रदेश सभाको अधिवेशन आह्वान तथा दुबै तहमा नयाँ सरकार निर्माण लगायतका कार्यको प्रक्रिया अगाडि बढ्ने जानकारहरु बताउछन् ।

Leave a Reply