स्याङ्जा क्षेत्र नं.२ बाट नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ विजयी

निकै लामो रस्साकस्सी पछि मतगणना भएको स्याङ्जा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्याललाई ६,६२७ मतान्तरले पछि पारी विजयी हुनुभयो । विजयी गुरुङले ३१,४६६ मत पाउदा नेकपा (एमाले)की सचिव अर्यालले २५,८३९ र रास्वपाका टिकराज गुरुङले ८,११३ मत पाउनुभयो । उहाँको जीतसँगै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रसले ५६ स्थानमा जितेको छ भने १ स्थानमा अग्रता बनाएको छ ‌‌।

यसैगरी स्याङ्जा क्षेत्र नं.२(क) बाट गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका भोजराज अर्याल १५,१६१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का मोहनप्रसाद रेग्मीले १२,४३१ मत पाउनुभयो ।

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं.२(ख) बाट पनि नेपाली कांग्रेसका महेश भट्टराई १८,८०८ मत पाएर गण्डकी प्रदेश सभा सदस्यमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बुद्धीमान श्रेष्ठले १६,९९९ मत पाउनुभयो ।

बाजुरा(क) बाट नेकपा (एस)का नरेशकुमार शाही प्रदेश सभा सदस्यमा विजयी

बाजुरा (क) क्षेत्रबाट नेकपा (एस)का नरेशकुमार शाही २०,९७३ मत प्राप्त सुदूर पश्चिम प्रदेश सभा सदस्यमा गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बलदेव रेग्मीले ८,६३२ मत पाउनुभएको छ ।

बाजुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायम गरिरहनु भएको छ भने उहाँलाई नेकपा (एमाले) कर्णबहादुर थापाले पछ्याइरहनुभएको बताइएको छ ।

यस्तै बाजुरा (ख) मा नेपाली कांग्रेसका फदमबहादुर शाही नेकपा (एमाले)का लालबहादुर थापालाई फछि पारी अग्रता लिइरहनुभएको जनाइएको छ ।

Leave a Reply