५ दिनसम्ममा कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न कोशी प्रदेश प्रमुखद्वारा आहवान

कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा कोशी प्रदेश सभामा बहसमत प्रनप्त गर्न सक्ने सदस्यलाई यही श्रावण १६ गते अपरान्ह ५ बजे भित्र कोशी प्रदेश सरकारको मुख्यमन्त्री दावी प्रस्तुत गर्न आह्वान गर्नुभएको छ । कोशी प्रदेश प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

गत असार २१ गते ४ दलको समर्थनमा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरबाट कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस कोशी प्रदेश सभा दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन प्रक्रियामा त्रुटि भएकोले सो सरकार गठन गर्ने प्रक्रिया र सरकारका कार्य उतप्रेषण परमादेशबाट बदर गरि जुन विन्दुबाट त्रुटि भएको हो, त्यही विन्दुबाट अगाडि बढ्न हिजो सर्वोच् न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, तिलप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराईको पूर्ण इजालासबाट आदेश जारी भएको थियो ।

Leave a Reply