राष्ट्रपति पौडेलद्वारा थप तीन मन्त्री नियुक्त, शपथ ग्रहण भोलि अपरान्ह ३ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा आज राषट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका थप ३ जना सांसदलाई मन्त्री पदमा नियुक्त गर्नु भएक‍ो राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । जस जसमा कानुन ,न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री म‍ोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू हुनुहुन्छ । नव नवनियुक्त मन्त्रीहरुलाई भोलि अपरान्ह ३ बजे राष्ट्रपति कार्यालय महाराजगञ्जमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने कनर्यक्रम तय भएको बताइएको छ ।

आज थप ३ मन्त्री नियुक्त भएसँगै बर्तमान सरकारमा नेपाली कांग्रेसको भागमा परेका ८ वटै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् भने नेपाली कांग्रेसका तर्फबाट सबै मन्त्री बनेका सबै जना प्रतिनिधि सभा सदस्य हुन् । त्यसमा पनि अर्थ मन्त्रीडा.प्रकाशशरण महत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन भने बाँकी सात जना प्रतिनिधि सभामा प्रत्यक्ष तर्फबाट निर्वाचित सांसद हुन् । आफूले पाएका ८ मन्त्रालय मध्ये तेह्रथुमबाट निर्वाचित सांसद सीता गुरुङ एक जना महिलालाई मात्रै नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वक‍ो सरकारमा शहरी विकास मन्त्री बनाएर पठाएको छ भने सरकारका पठाएका ८ जनै मन्त्री लुम्बिनी प्रदेश बाहिरका छन् ।

राष्ट्रपति पौडेलद्वारा मुलुकी ऐन सम्बन्धी केही नेपाल ऐन शंस‍ोधन गर्ने अध्यादेश २०८० जारी

मिटर व्याजीहरुलाई कारवाही गरि मिटरव्याज पीडितहरुका माग कानुनी रुपमा सम्ब‍ोधन गराउने उद्देश्यल नेपाल सरकार , मन्त्रीपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी ऐन सम्बन्धी केही नेपाल ऐन शंस‍ोधन गर्ने अध्यादेश.२०८० जारी गर्नु भएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply