राष्ट्रपति पौडेलद्वारा संघीय संसदमा प्रस्तुत नेपाल सरकारको आ.ब.२०८०/०८१ नीति तथा कार्यक्रमको पूर्ण पाठ

शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भयो ।

मुलुकको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जसरी सडक खाली गर्नुको सट्टा सामान्य सुरक्षा घेरामा रहेर राष्ट्रपति भवनबाट संघीय संसदमा पुगेर नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर राष्टपति भवन फर्किनुभएका राष्ट्रपति पौडेलको यो यात्राको प्रशंसा भइरहेको छ ।

संघीय संसदमा राषट्रपति पौडेलद्वारा प्रस्तुत भएको नेपनल सरकारको नीति तथा कार्यक्रमलाई शुक्रबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले अनुम‍‍ोदन गरेको थिय‍ो ।

यता शुक्रबार नै बसेको प्रतिनिधि सभाको बैठकबाट राष्ट्रपतिलाई धन्यबाद ज्ञापन गरियोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नु भएको प्रस्ताव सर्वसम्मतीले पारित भयो ।

Leave a Reply