राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणिकरणको विरोध र समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजबाट ४ दिने भारत भ्रमण हुदै गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुबै सदनले दोश्रो पटक पारित गरेर पठाएपनि पूर्ववर्ती राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी त्यत्तिकै थन्क्याएर राखेको नागरिकता विधेयक प्रमाणिकरणका लागि नेपाल सरकार, मन्त्रीपरिषदले सिफारिस गरेको भन्दै नागरिकता विधेयक आज प्रमाणिकरण गरेपछि त्यसको विरोध र समर्थन भइरहेको छ । उक्त विधेयक राष्ट्रघाती भएकोले त्यस विधेयक भित्रका राष्ट्र हित विपरितका बुँदा हटाएर मात्र त्यसलाई अगाडि बढाउनुपर्ने माग गरिरहेका राजनीतिक दल , राजनीतिक संघ/संगठन तथा नागरिक समाजले त्यसको विरोध गरेका छन् ।

यसैक्रममा चर्चित नायिका मनिषा कोइरालाले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गर्नुले देश सिकिमीकरणक‍ो दिशामा जाने खतरा बढेको भनेर व्यक्त गरेको अभिव्यक्ति सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ ।

यसैगरी यस विरुद्ध आज नेकपा (एमाले) निकट युवा संघ , नेपाल लगायतले विरोध प्रदर्शन गरे ।

यता जनमत पार्टी र लोसपा लगायतका दल तथा संघ/संगठनले भने राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयकको प्रमाणिकरणको समर्थन गरेका छन् भने काठमाडौंको माइतीघर लगायतका स्थानमा दिपावली गरेर खुशीयाली मनाएका छन् ।

Leave a Reply