राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धी जारी गरिएको नियामकीय मापदण्ड,२०८२ जारी गरेको छ । शुक्रबार बसेको सो प्राधिकरणको बैठकले स्वीकृत गरी उक्त निर्णय गरेको जनाइएको । यो मापदण्डमा “ठूलो कारोकार गर्ने संस्था”भन्नाले पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार रु.२५ करोड भन्दा बढी बचत वा ऋणको बक्यौता रहेको संस्था सम्झनुपर्छ भन्ने उल्लेख छ ।








