रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

बर्तमान सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ । उक्त पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको जनाइएको छ ।

बर्तमान सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफूहरुले अगाडि सारेका एजेण्डा समावेश नभएकााले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको त्यसै पार्टीका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले रास्वपाालाई सरकारमा समावेश गर्न पहल गर्दै आएपनि अरु दलको समर्थन जुटाउनु भय‍ो भने नेकपा (एमाले)ले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सहय‍‍ोग गर्ने भनेर नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वचन दिएको समाचार सार्वजनिक भएपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कतिपय जानकारहरु बताउछन् ।

पछिल्लो समय रास्वपा र जनमत पार्टी बीच सहकार्य गरेर अगाडि बढ्न ती पार्टीका नेताहरु बीच समझदारी भएको बताइएको छ ।

Leave a Reply