रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा (दिलबहादुर)कोआज दिउँसो १;३० बजे ललितपुरको नख्खु स्थित मेडसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको उक्त अस्पतालले जनाएक‍ो छ ।

गत बैशाख ४ गते बिहान ३ बजेतिर चितवनक‍ो भरतपुरमा घरको छतबाट खसेर गम्भिर घाइते भएका थापालाई उपचारका लागि भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेज अस्पतालमा पु-याइएको थियो । त्पहाँ प्रारम्भिक चरणको उपचार पछि ब‍ोल्न नसक्ने अवस्थामा नै उनलाई थप उपचारका लागि बैशाख ५ गते मेडसिटी अस्पताल लगिएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ बर्षीय थापा र रास्वपाका महासचिव डा.मुकुल ढकालका सवारी चालक कालुसिंह राजबंशी मदिराको सेवन गरि एक आपसमा झगडा हुदा थापा तीन तले घरक‍ो छतबाट तल भुइँमा खसेको हुन सक्ने अनुमान गरिएको बताइएको थिय‍‍ो । सो घरको छतमा मदिराका ब‍‍ोतल पाइएको खबर सार्वजनिक गरिएको थिय‍ो । कालुसिंह राजबंशीलाई भने तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थिय‍ो ।

दिवंगत थापा घरको छतबाट खसेको बारे सार्वजनिक भएको खबर शंकास्पद रहेको कतिपय सरोकारवाला बताउछन् । सँगै रहदा रास्वपा सभापति लामिछानेका ग‍ोप्य क्रियाकलाप देखेको हुन सक्ने भएकाले षडयन्त्रपूर्वक थापालाई उक्त घरको छतबाट कसैले खसालेको हुन सक्ने उनीहरु बताउछन् । रास्वपा सत्ता गठबन्धनमा रहेकाले यो घटनाको प्रहरीले राम्रो सँग छानविन गरी द‍‍ोषी पत्ता लगाउनेमा उनीहरु विश्वस्त देखिएका छैनन् ।

Leave a Reply