रेशम चौधरी अपराधी होइनन् !

मंगलबार सर्वोच्च अदालतका न्यायधीश आनन्द म‍ोहन भट्टराई र नहकुल सुवदीको संयुक्त इजालासले पूर्व सांसद तथा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल च‍ौधरी लगायतलाई २०७२ भदौ ७ गते १ नावालक र ८ प्रहरी गरी ९ जनाको ज्यान गरि भएको ट‍ीकापुर घटनामा दोषी ठहर गरि जन्मकैदको फैसला गरेको विषयप्रति लक्षित गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले

रेशम चौधरी क्रान्तिकारी हुन् भनी प्रतिक्रिया व्यक्त गर्नु भएको छ । सामजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै उहाँले सो कुरा बताउनु भऐको हो । उहाँले गरेको पोष्ट यस प्रकार छ ।

अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन् ! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्!इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम!!”

यसैगरी चर्चित अधिवक्ता स्वागत नेपालले रेशम चौधरी टीकापुर घटना घट्दा त्यहाँ नभएको बताउनुभएको छ । सार्वजनिक गरिएको एक भिडियोमा उहाँले त्यस दिन रेशम चौधरीले सी.डी.ओ. र शेरकहादुर देउवनसँग फोनमा कुरा गरेक र मानिसहरुको भिडभाड हुन नदिन कर्फ्यु लगाउन अनुरोध गरेको बताउनुभएक‍ो छ ।

यता सो टीकापुर घटनाको छानविन गर्न गठित लाल आय‍गले दिएको प्रतिवेदनमा पनि उक्त टीकापुर घटनामा रेशम चौधरी सम्लग्न नरहेको उल्लेख भएको जानकारहरु बताउछन् ।

Leave a Reply