ललितपुरको कुपण्डोल हाइटमा चौधरी ग्रुपको दादागिरी

आज ललितपुर महानगरपालिका -२, कुपण्डोल हाइटस्थित चौधरी ग्रुपले समिट होटलको स्तरोन्नति गरी बेष्ट बुटिक होटल (बीबीएच) बनाउने क्रममा समिट होटल भत्काइ उक्त स्थानमा करिब १२-१५ मीटर गहिरो खाडल खन्दा नजिकका ४ वटा घर र ग्रिनवीच भिलेज रिसोर्टमा क्षति पुगेको छ । ड‍‍ोजर लगाएर उक्त खाडल खन्दा वरपरको घरहरुको मुनिको माटो बगी आज बिहान ३:०० बजे तिर नजिकैको साँढे २ तलाको घर भत्किएको र ६ तलाको नयाँ निर्माणाधीन घरको २ तला तल भासिएको छ तर त्यहाँ मानवीय क्षति भने नभएको अलगपथका ललितपुर संवाददाताले जनाएका छन् । उक्त खाडल खनेको स्थानमा माटो बग्ने क्रम जारी रहेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यहाँ क्षति अझै बढ्न सक्ने प्रहरीले आँकलन गरी त्यस वरपरका घरहरु खाली गराउने तयारी गरेको जनाइएको छ ।

सो खाडल खन्दा नजिकमा रहेको रिकध्वज विष्टक‍ो ६ तल्ले बन्दै गरेको सेतो घरको एक तल्ला जमिन भित्र भासिएको, रञ्जन विष्टको साँढे २ तल्ले घर पूरै भत्किएको , रचना शाहीको ४ तल्ले सेत‍ो घरमा क्षति पुगेको , सुभाष पाण्डेको ३ तल्ले घरमा क्षति भएको र ग्रिनविच भिलेज रिस‍ोर्टको स्वीमिङ पुल पूरै क्षति हुनुका साथै नजिकको अरु जमिन चर्केको बताइएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय आर्थिक विभागमा रहका उद्य‍‍ोगपति विनोद चौधरीको स्वामित्वमा रहेको चौधरी ग्रुपको सो कार्यको पीडितहरुले विरोध गरेका छन् । सो कार्यलाई नजिकबाट नियालेका सरोकारहरु चौधरी ग्रुपले दादागिरी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यस्ते ललितपुर महानगरपालिका -१८ मा हाउजिङ निर्माण गरिरहेको चौधरी ग्रुपले सार्वजनिक पर्ती जग्गा अतिक्रमण गरेको र टिपर निशेधित बाटोमा टिपर कुदाएको भन्दै त्यहाँका स्थानीयबासीहरुले विरोथ गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *