ललितपुरको सैंबुमा स्थानीयबासी र टिपर चालकहरु बीच झडप

ललितपुरको सैंबुमा गएराती स्थानीयबासी र टिपर चालकहरु बीच झडप भय‍ो । ललितपुर महानगरपालिका वडा नं.१८ र २५ का वडा कार्यालयले टिपर प्रवेश निशेधित भनेर साइनबोर्ड राखेको सडकमा स्थानीयबासीहरुको आग्रहलाई बेवास्ता गरेर जब्बरजस्ती टिपर चलाएपछि टिपर चालकहरु र स्थानीयबासीहरु बीच साझ १०:३० देखि राती १:३० बजेसम्म बादबिबाद हुदै जादा त्यसले झडपको रुप लिएक‍ो थियो । झडपका क्रममा केही स्थानीयबासीलाई चोटपटक लाग्नुका साथै केही टिपरमा क्षति पुगेको बताइएको छ । त्यसको केहीबेर पछि त्यहाँ पुगेको प्रहरीले स्कटिङ गरेर ती टिपरहरु सैंबुमा निर्माणाधिन सीजी हिल्सको हाउजिङसम्म ओहोरद‍ोह‍‍‍‍ो‍र गराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

जताभावी टिपर लगायतका यातायातका साधन चलाएकाले ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी भएको सडकमा राती जथाभावी टिपर चलाउदा बुढाबुढी, विरामी र वालवच्चाहरुलाई सुत्न समस्या हुने गरेको स्थानीयबासीहरुको भनाइ छ ।

गत असारमा सो बाट‍ोमा हेभी यातायातका साधन नचलाउने प्रशासन र स्थानीयबासीहरु बीच सहमती भएपनि प्रशासनले त्यसलाई पालना नगरेको भन्दै सैंबुका स्थानीयबासीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

यता सी.जी. हिल्सले जालझेल गरी सैंबुको ३ आना ३ दाम ३ पैसा सार्वजनिक जग्गा कब्जा गरेपनि त्यसबारेमा राज्यका निकायले बेवास्था गरेको भन्दै त्यसको स्थानीयबासीहरुले विरोध गर्दै आएका छन् ।

Leave a Reply