ललितपुर महानगरका सामुदायिक विद्यालयमा कक्षा ३ सम्म नेपाल भाषाको पढाइ हुने !

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयारी गरि आगामी शैक्षिक-सत्रदेखि पठन गराउने जनाएको छ । ललितपुर महानगरपालिकाको तेश्रो नगरसभामा ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्थानीय कला ,संस्कृति, सम्पदा लगायतका विषय समावेश गरि नेपाल भाषाको पाठ्यक्रम तयार गर्ने र त्यसलाई पठनपाठन लागि ललितपुर महानगरपालिकाले विद्यालयमा छुट्टै एउटा शिक्षकको व्यपस्था गर्ने बताउनुभयो । उहाँले माथिल्ला कक्षाहरुमा क्रमैसँग नेपाल भाषाको पाठ्यक्रम तयारी पठनपाठन गराउ दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो तर संस्थागत (निजी) विद्यालयमा भने नेपाल भाषाको पठनपाठन गर्ने बारे मेयर महर्जनले केही उल्लेख गर्नु भएन ।

काठमाडौंका कतिपय सामुदायिक विद्यालयमा भने नेपाल भाषाको पठनपाठन हुँदै आएको छ तर काठमाडौंमन पनि संस्थागत (निजी) विद्यालयमा भने नेपाल भाषाको पठन हुने गरेको छैन । आफूलाई भाषिक र सांंस्कृतिक अभियान्ता हुँ भन्नेहरुले आफ्ना छोराछोरीहरु संस्थागत विद्यालयमा पढाउने गरेको जानकारहरु बताउछन् ।

सरकारले सामुदायिक विद्यालय र संस्थागत (निजी) विद्यालयमा एउटै कक्षामा अलग अलग पाठ्यक्रम तयार गरि पठनपाठन गराउनु ठीक नभएको भन्दै सरोकारवालाहरुले असन्तुष्टी व्यक्त गर्दै आएका छन् । ।

Leave a Reply