ललितपुर उद्योग वाणिज्य संघको ४४औँ वार्षिक साधारण सभा जारी , नयाँ कार्य समितिको चुनाव आज

ललितपुर उद्य‍‍ोग वाणिज्य संघको ४४औँ वाार्षिक साधारण सभा शुक्रबाट जारी छ । यो साधारण सभा अन्तर्गत आज उक्त संघको नयाँ कार्य समिति चयनका लागि आज निर्वाचन हुदैछ ।

शुक्रबार ललितपुर शंखमुलस्थित यल दरबार पार्टी भेन्युमा सो साधारण सभाको उद्य‍‍ोग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गर्नुभयो । साधारण सभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री रिजालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदनन रहेक‍ोले उद्योगी व्यवसायीहरुको हितको लागि सरकार लागिरहेको बताउनुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै बागमती प्रदेशका उद्योग तथा भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले निजी क्षेत्रको प्रवर्द्ध गर्ने गरी बागमती प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । उद्योग र व्यवसायको विकास र प्रवर्द्धनमा ललितपुर उद्य‍ोग वाणिज्य संघले महत्वपूर्ण योगदान गरिरहेको बताउदै उहाँले हस्तकलाको विकासका प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले बागमती प्रदेश सभामा विधेयक दर्ता गर्न लाागेको जानकारी दिनुभयो ।

साभारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल उद्य‍‍ोग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैैद्यले

उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्याको बारेमा चर्चा गर्दै उद्य‍ोगी व्यवसायीहरुलाई काम गरेर खाने वातावरण बनाउन सरकारक‍ो ध्यानाकर्षण गर्नुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त नेपाली कांग्रेसका सांसद तथा पूूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले देशको अर्थतन्त्रको अवस्था धेरै राम्रो पनि नभएको, धेरै नराम्र‍ो पनि नभएको र श्रीलंकाक‍ो जस्तो खराब अवस्थामा पुगी हाल्ने अवस्था पनि नरहेको बताउनुभयो । लोकल लगानी हुन सकेन भने वाह्य लगानी पनि सम्भव नहुने बताउदै उहाँले सहकारी क्षेत्रका समस्या बारेमा प्रकाश पार्नुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाकी उप-मेयर मञ्जली शाक्यले ललितपुरको उद्योग व्यवसायको प्रवर्द्धनको लाागि सरकारको ध्यानाकर्षण गर्दै ललितपुरको उद्य‍ोग व्यवसायको विकास र प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

साधारण सभाको अध्यक्षता गरेका ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योले ललितपुर उद्योग वााणिज्य संघको गतिविधिको बारेमा चर्चा गर्दै उद्य‍ोगी व्यवसायीहरुले भोगिरहेका पीर मर्कााको बारेमा सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले बैंकक‍ो व्याजदरले गर्दा उद्योगी व्यवसायीलाई काम गर्न समस्या भएको विचार व्यक्त गर्नुभय‍ो ।

ललितपुर उद्योग वाणिज्य संघका महासचिव रुपकमान महर्जनले सञ्चालन गर्नु भएको साधारण सभाको उद्घाटन समार‍हमा बागमती प्रदेश सभा सदस्यहरु मधुसुदन पौडेल र रामेश्वर श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य , पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री बुद्धिराज बज्राचार्य लगायतको उपस्थिति रहेको थिय‍ो । त्यस अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष न्याछ्य‍ोले प्रमुख अतिथिलाई रिजाललाई मायाक‍ो चिनो प्रदान गर्नुका साथै सोही संघका निबर्तमान अध्यक्ष कृष्णलाल महर्जनलाई स्वर्ण अंकित व्याज लगाई सम्मान गर्नुभयो ।

उक्त अवसरमा सो संघका कर्मचारीहरु पुरुषोत्तम श्रेष्ठ, गीता न्यौपाने र ज्ञानेन्द्र शाक्यलाई नगद सहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरी सम्मान गरियो । त्यस अवसरमा विभिन्न विधामा उत्कृष्ट छनौट भएका उद्योगी व्यवसायीहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरियो ।

चुनाव आज

उक्त संघको नयाँ नेतृत्वका चयनका लागि आज २२ पदमा चुुनाव हुदैछ । रुपकमान महर्जन र विश्वराज बज्राचार्यको नेतृत्वका २ वटा प्यानल चुनावी मैदानमा छन् भने हस्तकलाका रविन्द्रप्रसज ताम्राकार ‘प्वा:स्या’ पनि अध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । सो निर्वाचनमा १,६३८ मतदाता रहेको बताइएको छ ।

Leave a Reply