ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का बाटामा टिपर र ट्रक चल्न नपाउने

ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का करिडोर बाहेकका बाटामा २०० क्युफिटसम्मका मालबहाक गाडी मात्र निर्धारित समय तालिका भित्र सञ्चालन हुन पाउने भएका छन् । हिजो अपरान्ह जिल्ला प्रशासन कार्यालय , ललितपुरमा सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.त‍ोसिमा कार्की, ललितपुरका प्रमुख जिल्ला अधिकारी , ललितपुर जिल्ला प्रहरी प्रमुख, ललितपुर महानगरपालिका वडा नं.१८,२२ र २५ का वडाध्यक्ष , नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापा सहित ललितपुर महानगरपालिका वडा नं.१८ र २५ का टिपर पीडित स्थानीयबासीहरुको उपस्थितिमा बसेको बैठकले सर्वसम्मतीले उक्त निर्णय गरेको जताइएको छ । सो बैठकले ती वडाहरुमा २४० क्युफिटसम्मका मालबहाक गाडी चल्न पाउने भनी यस अगाडिको बैठकले गरेको निर्णय सर्वसम्मतीले रद्ध गर्ने निर्णय गरेको बताइएको छ । अब ती बाटामा टिपर र हेभी मालबहाक ट्रक चल्न पाउने छैनन् ।

यस अगाडि सांसद तथा उद्य‍ोगपति विन‍ोद चौधरीक‍ो स्वामित्वको सी.जी. हिल्सले स्थानीय जनप्रतिनिधि सहित स्थानीयबासीहरुले टिपर प्रवेश निशेधित क्षेत्र घोषणा गरेको सैंबुमा जब्बरजस्ती टिपर चलाएपछि सैंबुका स्थानीयबासी र टिपर चालक बीच द्वन्द चल्दै आएको थियो ।

यता सी.जी. हिल्सले जालझेल गरेर सैंबुको ३ आना ३ दाम ३ पैशा सार्वजनिक जग्गा हडपेको भन्दै स्थानीयबासीले त्यसको विरोध गर्दै आएका छन् ।

Leave a Reply