ललितपुर २ को प्रदेश सभा (क) म श्रेष्ठ र (ख) मा चित्रकार विजयी

ललितपुरको क्षेत्र नं.२ को प्रदेश सभा (क) मा नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ ८,२९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाका पूर्व मेयर समेत रहेका श्रेष्ठलाई पछ्याएका राप्रपाका धनराम के.सी.ले ६,८५१ मत प्राप्त गर्नुभयो ।

यता ललितपुरको क्षेत्र नं.२ को प्रदेश सभा (ख) मा भने सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली कांग्रेसका रामकृष्ण चित्रकार ६,९९५ मत प्राप्त गरी विजयी हुनुभयो । ने.वि. संघका पूर्व केन्द्रीय उपाध्यक्ष चित्रकारलाई पछ्याएका नेकपा (एमाले)का ज्ञानेन्द्र शाक्यले ६,८३२ मत प्राप्त गर्नुभयो । २०७४ सालको चुनावमा सोही क्षेत्रबाट बागमती प्रदेश सभा सदस्य जितेका शाक्य यस पटक १६३ मतान्तरले पराजीत हुनुभयो ।

ललितपुरको क्षेत्र नं.२ बाट नेकपा (एमाले)का प्रेम महर्जन प्रतिद्वन्दी भन्दा ९ हजार हाराहारीको मतान्तरले विजयी हुनुभयो ।

Leave a Reply