लागू औषध कारोबार मुद्धामा दोषी ठहर भएका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

लागु औषध कारोबार मुद्धामा दोषी ठहर भएका अखिल नेपाल फुटबल संघ (ANFA) का उपाध्यक्ष दावा लामालाई आज काठमाडौंबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एन्फा उपाध्यक्ष लामालाई पक्राउ गरि अदालतमा उपस्थित गराएको जनाइएको छ । २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनबाट खैरो हिरोइन कारोबार मुद्धामा दोषी ठहर भई ५ वर्ष कैद र रु ५,००० जरिवानाको सजाय पाएका उनी प्रहरीको फरार सूचीमा रहेको बताइएको थियो ।

Leave a Reply