लेखक चूडामणि गौतमको निधन

अंग्रेजी ग्रामर र बृहत् नेपाली शब्दकोश सहित ५० वटा पुस्तक लेखेका लेखक चूडामणि गौतमको सोमबार साझ उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित मेडसिटी हस्पिटलमा निधन भएको भएको छ । फोक्सोमा समस्या भएपछि उपचारका लागि गौतम १ हप्तादेखि मेडसिटी हस्पिटलमा उपचाररत रहेको बताइएको छ ।

वि.सं.२००० साल असोज १ गते तेह्रथुमको कोयाखोलामा जन्मेका चूडामणि गौतम यमनाथ र भीमरुपाका जेठा छोरा हुन् । वि.सं.२०३४ सालपछि पुुस्तक लेेेखनमा लागेका गौतमका २० वटा पुस्तक बढी चर्चित रहेको जानकारहरु बताउछन् । वी.ए. र वी.एल. गरेका गौतमको आभाष नामक कविता संग्रह २०३५ सालमा विमोचन भएको थियो । गौतमको काठमाडौंंको डिल्लीबजारमा बसोबार रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *