लोकेश्वर साकोसको आयोजनामा अन्तर सहकारी ब्याडमिण्टन प्रतियोगिता जारी

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा १९ वर्ष मुनिको अन्तर सहकारी छात्रा एकल ब्याडमिण्टन प्रतियोगिता २०८० ९न्ष्चुिक कष्लनभिक ग्ज्ञढ द्यबमmष्लतयल ऋयmउभतष्तष्यलद्दण्डण्० को अन्तिम आठका खेलहरु सम्पन्न भएका छन् । अन्तिम आठको पहिलो खेलमा भक्तपुर बचत तथा ऋण सहकारी सस्था लि.की सोनम प्रजापतिले चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि.की सोफिया कर्माचार्यलाई २० सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गर्न सफल भएकी छन् । सोही क्रममा दोश्रो, तेश्रो र चौथो खेलमा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.की प्रीति देशेमरुले सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.की भरोसा सांगाछेलाई, थी थी उ.सहकारी लि.की निरु खत्रीले छुमा गणेश साकोसका कृषा मलेकारलाई र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.की रुषा जतिले सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.की निलिशा गाईजुलाई सोझो सेटमा पराजित गरी सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।

संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलहरु सहित समापन एवं पुरस्कार वितरण कार्यक्रम पुस २८ गते शनिबार बिहान सम्पन्न हुने जानकारी संयोजक राजु छुकांले दिनु भयो ।

यसैगरी उक्त संस्थाको १९औँ स्थापना दिवस कै अवसरमा संस्थाबाट सदस्यहरुलाई आउदो माघ ७ गतेदेखि धां बाजा प्रशिक्षण गर्ने जानकारी प्रबन्धक प्रशान्त मानन्धरले दिनुभयो ।

Leave a Reply