लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न


भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा धां बाजा प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । सो संस्थाको १९औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै स‍ोही संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तीय कारोबार मात्र नभइ सदस्य केन्द्रित विभिन्न तालिम, प्रशिक्षण कार्यक्रम, सहकारी भ्रमण जस्ता कार्यक्रमहरु गर्नुपर्दछ र हाम्रो यस संस्थाले विगतका दिनहरुदेखि नै सदस्यहरुको व्यक्तित्व विकास हुने विभिन्न शीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सदस्यहरुले यस्ता प्रशिक्षण तथा तालिम लिई सकेपछि आफूमा मात्र सिमित नराखी दैनिक जीवनमा सदुपयोग गरी निरन्तर रुपमा पछिसम्म गर्दै लैजानु पर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसै संस्थाका सञ्चालक समिति सदस्य एवं सांस्कृतिक उप-समितिका संयोजक कमलश्वरी खर्वुजाको अध्यक्षतामा २०८० माघ ७ गते सम्पन्न भएको उक्त कार्यक्रममा धां बाजाका प्रशिक्षक सुरेश बोयजु, उक्त संस्थाका उप-समितिका सदस्य एल.के सुन्दर र दिलप्रसाद सुवालले पनि आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । दुई महिनासम्म सञ्चालन हुने धां बाजा (मादल) प्रशिक्षणमा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका छ ।

Leave a Reply