वर्षभरी नेपाल कम्युनिष्ट पार्टीले हिरक महोत्सव मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्षभरी नेपाल कम्युनिष्ट पार्टीको हिरक महोत्सव मनाउने भएको छ । सो पार्टीले आफ्नो एक वर्षभरीका सबै कार्यक्रम हिरक महोत्सव अन्तर्गत गर्ने जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संंस्थापक महासचिव पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा स्थापना भएको ७५औँ वर्ष प्रवेशको अवसरमा सो पार्टीले गत शनिबार काठमाडौंको शान्तिबाटिकामा नेपाल कम्युनिष्ट पार्टीको ‘हिरक महोत्सव तथा जनआन्दोलन घोषणा सभा’ आयोजना गरी नेपाल पार्टीको हिरक महोत्सव र जनआन्दोलन आरम्भ भएको घोषणा गरेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आईपीएस(IPS)को अंगको रुपमा रहेको एमसीसी (MCC) मार्फत नेपालबाट चीन विरोधी कार्य गर्ने अमेरिकी योजना भएकोले यसको कार्यन्वयन नर‍ोके आफ्नो सुरक्षामा खतरा हुने देखेपछि रुसले युक्रेन माथ हमला गरे झैं चीनले नेपालमाथि अमला गर्ने निश्चित भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र नेपाल कम्यनिष्ट पार्टीको उतारचढावको बारेमा चर्चा गर्दै अध्यक्ष कट्टेलले ‘मुलुक असफल राष्ट्र बन्ने बाट‍ोमा गएको यही व्यवस्थाका अर्थविदहरुले बताइरहेका छन्’, भन्नुभय‍ो । संसदीय व्यवस्थाका कारण महङ्गी अचाक्ली बढिरहेको तथा युवाहरु विदेशिने लहर चलिरहेकोले नेपालमा बुढाखाडा मात्रै रहने खतरा बढ्दै गएको उहाँको भनाइ थियो । श्रमजीवी वर्ग र उत्पीडित समुदाय माथिको शोषण र उत्पीडन हटाउन संसदीय व्यवस्थाको अन्त गरि नयाँ जनवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्नुको विकल्प नभएको उहाँको थप भनाइ थियो ।

सोही पार्टीका उपाध्यक्ष आरबी भण्डारीले अध्यक्षता र सचिवालय सदस्य अर्जुन कार्कीेेले सञ्चालन गरेको त्यस सभामा त्यसै पार्टीका सचिवालय सदस्यहरु कृष्णहरि भट्ट, राजेश बान्तवा र मंगलकृष्ण अमात्य, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापा, अखिल नेपाल महिला युनियनकी अध्यक्ष शशिकला घिमिरे र पिपुल्स फ‍‍‍‍ोर्स नेपालका संय‍ोजक उत्सुक कट्टेलले मुलुकमा व्याप्त बेेथितिको बारेमा चर्चा गर्दै राष्ट्रिय स्वाधिनता, जनतन्त्र , जनजीवीका र परिवर्तनका लागि संघर्षको विकल्य नभएको विचनर व्यक्त गर्नुभयो ।

Leave a Reply