शौचालयमा लडेर घाइते भएका पूर्व सांसद आङटावा शेर्पाको स्वास्थ्य अवस्था सामान्य

आज विहान शौचालयमा लडेर घाइते भएका पूर्व सांसद आङटावा शैर्पाको अपस्था सामन्य रहेको प्रहरीले जनाएको छ । पूर्व सांसद शेर्पा शौचालयमा लडेपछि उहाँलाई तत्कालै प्रहरीले ट्रमा सेण्टरमा पु-याएर उपचार गराएक‍ो थियो । उहाँको टाउकोमा ९ टाका लगाइएको जनाइएक‍ो छ । उपचार पछि उहाँलाई प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौंमा पु-याएर उहाँको बयान लिइरहेको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि सोमबार पूर्व सांसद शेर्पाले आफै जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेर प्रहरी समक्ष आत्मसमर्पण गर्नु भएक‍ो थियो । स‍ोमबार नै प्रहरीले थुनामा राख्न अनुमतीका लागि उहाँलाई काठमनडौं जिल्ला अदालत पु-याएको थियो । उहाँलाई ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमती दिएक‍ो थपयो ।

Leave a Reply