

नेपाल सरकारले २०८० साउन १ गतेदेखि लागू हुने गरि श्रमिकको न्युनतम मासिक पारिश्रमिक रु.१७,३०० कायम गरेको राजपत्रमा उल्लख छ । मौजुदा न्युनतम मासिक तलव रु. १५,००० मा रु.२,३०० बढाएर रु.१७,३०० पु-याएको श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले जनाएको छ । यसमा न्युनतम पारिश्रमिक रु१०,८२० र महङ्गी भत्ता भत्ता रु ६,४८० कायम गरिएको र त्यसमा प्रति घण्टाको पारिश्रमिक रु.५६ र प्रति घण्टा महङ्गी भत्ता रु.३३ कायम गरिएको र आंशिक रुपमा काम गर्ने श्रमिकको प्रति घण्टा पारिश्रमिक रु.९५ कायम गरेको बताइएको छ ।
यता रोजगारदाताहरु भने व्यापार व्यवसाय ठप्प भएकोले श्रमिकको पारिश्रमिक बढाउन नसकिने बताउदै आएका छन् तर मजदुर संंगठनहरु भने श्रमिकहरुको पारिश्रमिक बढाउनु पर्ने अडानमा छन् । अखिल नेपाल ट्रेड यूनिषन महासंघ (ANTUF)का महासचिव राजकुमार थापा सरकारले निर्धारण गरेको श्रमिकको पारिश्रमिक महङ्गीको तुलनामा धेरै कम भएकोले उस्तै प्रकृतिको श्रम गर्ने सरकारी , निजी लगायतका श्रमिक र कर्मचारीको पारिश्रमिक, सेवा र सुविधा बराबर हुनु पर्ने बताउनुहुन्छ ।




