श्री कान्ति भैरव मा.वि.,थलीको प्रधानाध्यापक पदपूर्ति प्रक्रियामा विवाद

काठमाडौंको कागेश्वरी मन‍‍ोहरा नगरपालिका वडा नं. ५ थलीमा रहेको श्री कान्ति भैरव माध्यमिक विद्यालयमा लामो समयदेखि रिक्त प्रधानाध्यापको पदपूर्ति प्रक्रियामा विवाद उत्पन्न भएको देखिएको छ ।

२०८० बैशाखको शुरु तिर उक्त विद्यालयको रिक्त प्रधानाध्यापक पदपूर्ति गर्न कागेश्वरी मन‍ोहरा नगरपालिकाले सूचना प्रकाशन गर्ने निर्णय गरे बम‍ोजिम स‍ोही नगरपालिकाबाट बैशाख २० गते १५ दिन भित्र प्रधानाध्यापक पदमा इच्छुक उम्मेद्वारबाट दरखास्त आह्वान गरि विज्ञापन प्रकाशन भयो । स‍‍ोही अनुरुप त्यसै विद्यालयका निमित्त प्रधानाध्यापक तीर्थ कोइराला तथा शिक्षकद्वय तेजबहादुर भण्डारी र दिनेश तिमिल्सिनाले प्रधानाध्यापक पदमा दरखास्त पेश गरे । प्रधानाध्यापक पदका ३ उम्मेद्वारमध्ये तेजबहादुर भण्डारी मा.वि.तहको द्वितीय श्रेणीका र निमित्त प्रधानाध्यापक समेत रहेका तीर्थ कोइराला र दिनेश तिमिल्सिना मा.वि. तहको तृतीय श्रेणीका सो विद्यालयका शिक्षक हुन् । यी ३ उम्मेद्वारमध्ये निमित्त प्रधानाध्यापक समेत रहेका तीर्थ कोइरालालाई प्रधानाध्यापक बन्न सहय‍ोग पुग्ने गरि अपारदर्शी कार्य भएकोले यहाँको प्रधानाध्यापक पदपूर्ति प्रक्रियामा विवाद देखिएको उक्त विद्यालयका १ शिक्षकले बताए । कागेश्वरी मन‍ोहरा नगरपालिका, शिक्षा शाखाले नीति नियमक‍‍‍‍ा नाममा अनाबश्यक विषय थ‍ोपर्ने गरेको , प्रधानाध्यापक छनौटका लागि परीक्षा सहितको आवश्यक प्रक्रिया पूरा नगरी विद्यालय निरीक्षकले मौखिक रुपमा मात्रै जानकारी गराउने कार्य भएको , विद्यालय व्यवस्थापन समितिले प्रधानाध्पाक पदका उम्मेद्वारहरुसँग कुनै छलफल र अन्तर्क्रिया नै नगरी विना आधार गोप्य रुपमा ५ पूर्णाङ्कमा तीर्थ कोइरालालाई ५ तथा तेजबहादुर भण्डारी र दिनेश तिमिल्सिनालाई २/२ नम्बर प्रदान गरेको , यो प्रक्रियामा कागेश्वरी मन‍ोहरा नगरपालिकाको सम्बन्धित वडाका वडाध्यक्षलाई समावेश नगरेको , सम्बन्धित विद्यालयमा निरन्तर ३ वर्ष अध्यापन गरेका शिक्षकलाई मात्रै नम्बर दिने प्रावधान अनुरुप ३ वर्ष निरन्तर अध्यापन गरेका तेजबहादुर भण्डारी र दिनेश तिमिल्सिनालाई नम्बर दिन उचित भएपनि सो विद्यालयमा निरन्तर ३ वर्ष अध्यापन नगरेका तीर्थ कोइरालालाई पनि नम्बर दिएको , यो विषयमा विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठक बसेर कुनै निर्णय नगरी कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरि छुट्टा छुट्टै फारम भराएर आफू खुशी नम्वर दिएको र निमित्त प्रधानाध्यकको जिम्मेवारीबाट नहटाई प्रधानाध्यापक उम्मेद्वार बन्न दिएकाले तीर्थ कोइरालाले आफू प्रधानाध्यापक बन्न पदको दुरुपय‍‍ग गर्न सक्ने खतरा रहेको जस्ता कारणले यो विद्यालयको प्रधानाध्यापक पदपूर्ति प्रक्रियामा विवाद देखा परेक‍ो उनको भनाइ छ ।

एक पटक सहकर्मी शिक्षक मेघविलाश देवक‍ोटालाई विद्यालयको स्टाफ बैठकमा हातपात गरेकाले साखुस्थित प्रहरी कार्यालयले उनलाई सार्वजनिक पदमा रहन अय‍ोग्य रहने भनेको व्यक्ति तीर्थ कोइराला विद्यालयको प्रधानाध्यापक पदको उम्मेद्वार बनेको सुन्दा अचम्म लाग्यो’, सोही विद्यालय आसपासका एक स्थानीयबासीको भनाइ छ ।

पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म पठनपाठन हुने स‍ो विद्यालयका प्रधानाध्यापक रहेका लक्ष्मण थापाको २०७६ सालमा अवकाश भएपछि त्यसयता सो विद्यालयका शिक्षक तीर्थ कोइरालाले निमित्त प्रधानाध्यापकको जिम्मेवारीमा रहेर कार्य गर्दै आएका छन् । यो विद्यालयमा १,१०० जति विद्यार्थी अध्ययनरत छन् भने निजी श्र‍ोतका सहित सबै तहका गरि शिक्षक सहित ३४ जना शिक्षक कार्यरत रहेको बताइएको छ । । सो विद्यालयको नाममा कुनै बेला आफ्नै ५८ र‍ोपनी जग्गा रहेकोमा अहिले भने घटेर २५ रोपनी जति जग्गा मात्र बाँकी रहेको जानकारहरु बताउछन् ।

Leave a Reply