संघीय संसदको हिउदे अधिवेशन गत मध्येरातबाट अन्त भएको छ । नेपाल सरकार, मन्त्रीपरिषदले यही बैशाख १२ गते गरेको सिफारिसको आधारमा कार्यकहाक राष्ट्रपति रामसहाय प्रसाद यादबले सो अधिवेशन अन्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
गत पुस २५ गतेबाट शुरु भएको यो अधिवेशन ११० दिनसम्म चल्यो । यही अधिवेशनबाट राय्ट्रपतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी, नेपालका नेता रामसहाय प्रसाद यादव निर्वाचित हुनुभयो । यसैगरी प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर संघीय संंसदको यसै अधिबेशन अन्तर्गत प्रतितिधि सभाबाट निर्वाचित हुनुभयो भने यो बीचमा नेकपा (माके)का अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिनिधि सभाबाट २ पटक विश्वासको मत लियो ।
विधेयक अधिवेशन पनि भनिने संघीय संसदको हिउदे अधिवेशनबाट एउटा पनि बिधेयक पारित हुन सकेन । ८ वटा विधेयक भने दफाबार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाएको संघीय संसद सचिवालय श्रोतले जनाएको छ तर ती विषयगत समिति बल्ल हिजो मात्रै बनेका छन् ।





