बिहीबार सार्वजनिक भएको सत्ता गठबन्धनमा रहेका १० दलले संयुक्त सरकारको प्राथमिकता र न्युनतम कार्यक्रममा भूमिहीनलाई स्थानीय तहको सिफारिसको आधारमा जग्गा उपलब्ध गर्ने र विगतमा बनेका भूमि सुधार आयोगले दिएका सुझावका आधारमा वैज्ञानिक भूमि सुधार लागू गर्ने लगायतका कार्यक्रम उल्लेख छ । नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको १०० दिनको बीचमा दोश्रो पटक सार्वजनिक गरिएको यो कार्यक्रमबाट मुलुकको रुपान्तरण हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ तर यसको पूर्ण रुपमा कार्यान्वयन हुनेमा धेरै ले विश्वास गरेको देखिएक छैन ।


















