संसदवादी लुटेराहरुको पर्दाफास गर्नुपर्छ

ऋषि कट्टेल , अध्यक्ष , नेपाल कम्युनिष्ट पार्टी

नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले देशमा हल्लीखल्ली मच्चिरहेछ – विशेष गरी संसदवादीहरु बीचमा । सबै नेपालीलाई थाहा छ -२०६२/०६३ को परिवर्तन पछि काँग्रेस,एमाले र माओवादीको सिण्डिकेटले देश कव्जा गरेर भ्रष्टाचार र कमिसनखोरी मार्फत देश लुटिरहेका छन् । यो लुटतन्त्रमा स्थानीय तहदेखि यिनका कथित शिर्षस्थसम्म खुलेआम सम्लग्न छन् । वाइडवडी, एनसेलदेखि वालुवाटार,ओम्नी ,यतिसम्म, हतियार तस्करीदेखि नक्कली लडाकुसम्म ,महाकली, अपरकर्णालीदेखि बुढीगण्डकी, अरुण तेश्रोसम्मका बिसौं कमिसन र भ्रष्टाचारका घटनाहरुमा यो सिण्डिकेटको शिर्षस्थको प्रत्यक्ष हात छ । कानुन र कानुन प्रयोगकर्ताहरुलाई नियन्त्रणमा लिएर यी लुटेराहरु पालैपालो सरकारमा बसेर मस्ती गरिरहेका छन् ।
अहिले जुन घटना बारे चर्चा भइरहेछ ,जसलाई दाहालले टेलर भनेका छन् । यो देखिनुमा चारवटा कारणहरु मुख्य देखिन्छन् । पहिलो लुटको भागवण्डा नमिल्नु अर्थात काँग्रेस र एमालेको भागमा धेरै पर्नु , माकेको भागमा थोरै पर्नु,दोश्रो सरकारमा टिकिरहन दवाव सिर्जना गर्नु,तेश्रो सम्बधिन्त देशबाट दवाव पर्नु र चौथो सिण्डिकेटमा अन्तर्विरोध बढनु । जव यी विषयबारे तीन दल बीच सहमति बञ्छ अनि जनमतलाई आँखामा छारो हाल्न एकाध पात्रलाई कारबाही गरेको नाटक मञ्चन गरिन्छ अनि अरु अपराधका घटनाहरु अगाडि बढाइदैन । हामीले देखेका छौं । महिनामा एक पटक जस्तो सुन समातिञ्छ , जब कि एयरपोर्टबाट दिनहु सुन आइरहेको हुन्छ भनिन्छ । यो समातिनु र अहिले शरणार्थी प्रकरण उठ्नु उस्तै विषय हो ।
जे भएपनि विषय उठेको छ । यसलाई जनदवाव मार्फत जिसमिस पार्न दिनु हुदैन । संसदवादी लुटेराहरुको कालो कर्तुत पर्दाफास गर्ने अवसरको रुपमा यसलाई प्रयोग गर्नु पर्दछ । संसदबाट सिण्किेटको विकल्प दिन चाहनेहरुले पनि यसलाई किनारामा पु-याउन लागि पर्नु पर्दछ र यिनका सबै कर्तुतहरु उजागर गर्न पछि पर्नु हुदैन ।

Leave a Reply