संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज विहान ७६ वर्षको उमेरमा वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

मन्त्री राईले आफनो बुवाको निधन जानकारी दिदै फेसबुकमा यस्तो लेख्नुभएको छ – भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुवा आमा त रहनु भएन। रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । साह्रा नेपाली मेरो आमा बुवा हुन् । बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु- बुवा हार्दिक श्रध्दाञ्जली !
तस्विर : आमा, बुवा, दिदी र म – ब्रुनाई । बुवाले फोटोको पछाडि लेख्नु भएको छ मिति – २०३७/११/१०

अस्वस्थ भएका कारण दिवंगत राई लामो समयदेखि उपचाररत रहेको बताइएको छ ।

उहाँको निधनप्रति श‍‍ोक प्रकट गर्दै प्रधानमन्त्री तथा नेेेकपा (माके)का अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’ लगायतले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply