सत्य तथ्य समाचार सम्प्रेषण होस् : प्रहरी, अडियो छानविन होस् : आरजु राणा देउवा

काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरीले गरिरहेको नक्कली भुटानी शरणाथी प्रकरणको अनुसन्धानमा अशर पर्ने गरि एक सञ्चार माध्यमबाट झुठो र आधारहिन सूचना सम्प्रेेषण भएको र त्यसमा कुनै सत्यता नरहेको भन्दै सञ्चार माध्यमबाट यथार्थ र तथ्यपरक सूचना सम्प्रेषण गरि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेक‍ अनुसन्धानमा सहयोग पु-याउन अनुरोध गरेक‍ो छ ।

यता नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले आफू समेतलाई ज‍ोडेर निर्माण गरि सार्वजनिक गरेको अडियोको उच्चतम प्रविधिको प्रयोग गरेर छानविन गरि दोषी माथि यथाशीघ्र कारवाहीको माग गरी बुभबार नेपाल प्रहरी साइबर ब्युरोमा उजुर दिनुभएको छ ।

यसै गरि उक्त अडियोमा आफ्नो पनिनाम जोडेको भन्दै नेपाली कांग्रेसकी सांसद मञ्जु खाणले प्रेस काउन्सिलमा निवेदन दिएकाले सो अडियो सार्वजनिक गर्न् सञ्चार माध्यमको बारेमाछानविन गर्दा त्यसको कानुनी रुपमा दर्ता रहेको नपाएको भन्दै त्यसलाई कारबाही गरेको जनाएको थिय‍ो ।

सांसदद्वय राणा र खाणको नाम जोडिएको उक्त अडियो सार्वजनिक भएपछि उनीहरु विरुद्ध सामाजिक सञ्जनल लगायतमा विभिन्न टिकाटिप्पणी शार्वजनिक भएका छन् ।

पूर्व गृह मन्त्री खाणलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमती

काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाणलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ । पूर्व गृह मन्त्री खाणले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू माथि लागेको आर‍ोप अस्वीकार्दै आएको बताइएको छ तर यो प्रकरणमा ज‍डिएको भन्दै प्रहरीले पक्राउ गरेका अन्य आर‍‍ोपीले भने पूर्व गृह मन्त्री खाणको यसमा सम्लग्नता रहेको बयान दिएको खबर सार्वजनिक भएका छन् ।

Leave a Reply