समाजवादी मोर्चा र राजावादीको आज काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन

गणतन्त्रपक्षधर समाजवादी मोर्चा र राजावादी समूहले आज दिउसोकाठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेतृत्वको नेकपा (माके), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस), नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेकपा र महेन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा र दुर्गा प्रसाईं नेतृत्वमा राजावादी समूहले तिनकुनेमा विरोध प्रदर्शन गर्दैछन ।

एसईई दिएका विद्यार्थीहरुलाईलमधणयनजर गरी आज दिनको १२:०० बजेबाट समाजवादी मोर्चाले लैनचौर, शान्तिबाटिका, सुन्धारा, डिल्लीबजा, र माइतीघरबाट -याली निकालेर भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत हुने बताइएको छ ।

यता एकात्मक, हिन्दू धर्म र राजसंस्था पुनर्स्थापनाको माग राखेर राजावादी समूहले आज १२ बजेबाट तिनकुनेमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *