ऋषि कट्टेल नेतृत्वको नेकपा निकट अ.ने.म. यूनियन, काठमाडौंको संय‍‍ोजकमा सीता

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपनल महिला यूनियनको काठमाडौं जिल्ला स्तरीय भेला आज सुबिधानगर, काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समिति संय‍‍ोजक एवं अखिल नेपाल महिला यूनियनकी केन्द्रीय सदस्य भवानी के.सी.को अध्यक्षतामा सम्पन्न भयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की र सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका सचिव एवं अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापाको उपस्थितिमा सम्पन्न सो भेलाले सीता भुजेलको संयोजकत्वमा अखिल नेपाल महिला यूनियन , काठमाडौं जिल्ला भेला आय‍ोजक समिति निर्माण गरेको छ । उक्त समितिको सदस्यमा सीता उप्रेती, पार्शना भुजेल, जुनी कुमाल, दिलकुमारी मादेन , लक्ष्मी पराजुली, सावित्रा पराजुली र दुर्गा भुर्तेल हुनुहुन्छ ।

विभिन्न पार्टी परित्याग गरि ७ जना नेकपा प्रवेश

आज सम्पन्न अखिल नेपाल महिला यूनियनक‍ो भेलामा विभिन्न पार्टी परित्याग गरि ७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका र उनीहरुलाई नेपनल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की सहितका नेताहरुले स्वागत गरेको उक्त पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *