अस्ताए काञ्छा सगरमाथा आरोही शम्भु तामाङ

ललितपुर/ काञ्छा सगरमाथा आरोही शम्भु तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको छ ‌। १८ वर्षको उमेरमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका नेपालका शम्भु तामाङको ललितपुरको हरिसिद्दिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । तामाङ बिगत लामो समयदेखि क्यान्सरको समस्याबाट पीडित रहनु भ एको पारिवारिक श्रोतलै जनाएको । उहाँको निधनप्रति पर्यटन क्षेत्रमा क्रियाशील बिभिन्न संघ/संस्था, व्यक्ति लगायतले शोक व्यक्त गरेका छन् ।

Leave a Reply