आजदेखि सरकारी सहितका कार्यालयको समय १ घण्टा बढेको छ । जस अनुसार सार्वजनिक बिदा नपरेको दिन आईतबारदेखि बिहीबारसम्म हप्ताको ५ दिन विहान १० देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार विहान १० देखि अपरान्ह ४ बजेसम्म सरकारी सहित सबै कार्यालय सञ्चालनमा रहने छन् ।
हरेक वर्षको कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने सबै सरकारी सहितको कार्यालय समय आइतबारदेखि बिहीबारसम्म हप्ताको ५ दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म र शुक्रबार विहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय समय रहने गरेको छ ।





