काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय चेली हुन् भन्ने विषय सच्याउन दिएको समयसीमा पूरा हुदा पनि सो विषय नसच्याएपछि आजदेखि काठमाडौं महानगरपालिका भित्र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । नेपालको राष्ट्रिय स्वाधिनतामा आँच आउने गरि भारतीय चलचित्र निर्मार्ता लगायतले गरेको गतिविधिको विरोध गरिरहेका मेयर साहको यो कदमलाई नागरिकहरुले स्वागत गरेका छन् ।
यस अघि मेयर साहले भारत सरकारले सांस्कृतिक नक्साको नाममा नवनिर्मित भारतीय संघीय संसद भवनमा नेपालको लुम्बिनी, कपिलबस्तु लगायतका तराईका केही भू-भाग समेत पर्ने गरि बनाएको भारतको नक्सा भएको मजिल राखेपछि त्यसको विरोधमा काठमनडौं महानगरपालिकाको आफ्नो कनर्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि मेयर साहको यो कार्यलाई नागरिकहरुले स्वागत गरेका छन् ।
हिन्दी चलचित्र आदिपुरुषको विरोध
काठमाडौं महानगरपालिकाभित्र आजदेखि प्रदर्शनमा रोक लगाइएको हिन्दी चलचित्र आदिपुरुषको संवादसहित कतिपय विषयलाई लिएर नेपालमा मात्रै नभई भारतमा पनि विरोध भइरहेको छ , जसका कारण यो चलचित्रका निर्मार्ता यो चलचित्रलाई संशोधन गर्न तयार भएको खबर सार्वजनिक भएको छ ।





