दिव्य स: मिलमा हत्याकाण्डको दोषी नउम्कियोस् – निर्दोष नफसोस् : थापा

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापाले काठमाडौं महानगरपालिका-३२, तिनकुनेमा रहेको दिव्य स:मिलमा गत शुक्रबार बेलुका ११:३० बजेतिर भएको ४ जनाको बिभत्स हत्याको निन्दा गर्दै त्यस घटनाको यथाशीघ्र छानविन गरी दोषी उपर कडा कारबाही गर्न र सो हत्याकाण्डमा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न मग गर्नु भएको छ । महासचिव थापाले प्रेस विज्ञप्ति जारी गरी ‘यो घटनामा सम्लग्न कोही पनि दोषी नम्कियोस् र कोही पनि निर्दोष नफसोस्’, भन्नुभएको छ ।

गत शुक्रबार बेलुका साँढे ११ बजेतिर दिब्य स:मिलमा कार्यरत दोलखा स्थायी घर भएका सुरक्षागार्ड कुमार भुजेल, स‍ोही मिलमा कार्यरत उनकी श्रीमती अम्बिका भुजेल र उनकी आमा सुभद्रा भुजेल तथा त्यसै स:मिलमा कार्यरत म‍ोरङ बेलबारीका नवीन राईको हत्या भएको थियो ।

यो घटनाको जानकारी पाए लगत्तै प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गरी सबैे शव पोष्टमार्टमका लागि त्रि.वि., शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जनाएको थियो । यो घटनामा सम्लग्न भएको आशंकामा दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले नियन्त्रणमा लिएका दीपेन्द्र राई आफै ट्याक्सी चढेर तिनकुनेस्थित प्रहरी कार्यालय पुगेको बताइएको छ ।

शनिबार प्रहरीले यस घटनाको छानविनका लागि प्रहरीले ५ सदस्यीय समिति समिति बनाएको थियो । सो समितिले उक्त घटनाको अनुसन्धान गरिरहेको र अनुसन्धानको क्रममा घटनामा प्रय‍ग भएका हतियार बरामद गरेको जनाइएको छ ।

           

Leave a Reply